Highlights

CAN Info-Tech 2019

Card image

Please click on download Button to download the proposal of can Info tech 2019 >>>> Download

Sponsorship Detail

 

Floor Plans

CAN info-Tech 2019

We would like to invite you to SUBISU presents CAN Infotech 2019 in association with e-Sewa, the greatest tech festival of Nepal starting from January 29th - February 3rd.Here the people will have an unique opportunity to witness computers with latest options, different useful gadgets, mobiles, softwares, hardwares, internet facilities, new modern technologies, robotic section, game parlour, food stalls, all at one place with wide number of selection options.Plus people will have enough of opportunities to win gift hampers as lucky winner will be announced every hour.So we hope to see you at CAN Infotech Festival.

LETS BUILD e-Nepal: Together we CAN

Press Coverage

Exhibitor Briefing 2019

सुबिसु क्यान इन्फोटेक २०१९ इन   एसोसिएसन विथ ईसेवा

सर्वप्रथम, क्यान महासंघले आयोजना गरेको यस एक्जिविटर ब्रिफिङकार्यक्रममा उपस्थित हुनुभएका  प्रदर्शनीमा सहभागी कम्पनी प्रमुख एवं प्रतिनिधिज्यूहरुलाई स्वागत  एवं क्यान महासंघको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु ।

सूचना  तथा सञ्चार प्रविधि क्षेत्रमा भएका  नौला  प्रविधिहरुको प्रदर्शन  गर्ने उद्देश्य सहित ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ २०७५ माघ १५ देखि २० गते (तदनुसार जनवरी २९ देखि फेब्रुअरी ३, २०१९)सम्म  काठमाडौंको भृकुटीमण्डपमा  हुने जानकारी गराउँछु । मेलामा भृकुटीमण्डपमा रहेका  सम्पूर्ण हल  तथा परिसरका सुविधा युक्तट्रसमा अन्तर्राष्ट्रिय स्तरमा  प्रचलित प्रायः सबै ब्रान्डका साथै सूचना तथा सञ्चार प्रविधिका  विभिन्न क्षेत्रहरु  हार्डवेयर सेल्स तथा मेन्टेनेन्स्, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स,  आई सी टी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटहरु, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र कम्प्युटिङ डिभाइसे ससँग सम्बन्धित  कम्पनी, अफिसियलहरु, प्रायोजकहरु र अन्यफुड कोर्टसमेत गरी१७५ वटास्टल छन्

प्रायोजक तथा  प्रदर्शनकर्ताका लागि प्रदर्शनी  सम्बन्धी  जानकारी

१.‘सुबिसु क्यान  इन्फोटेक २०१९ इनएसोसिएसन  विथ ईसेवा’  २०७५ माघ १५ देखि २० गते (तदनुसार जनवरी २९ देखि फेब्रुअरी ३, २०१९) सम्म  बिहान १० देखि बेलुका ५ बजे  सम्म हुनेछ ।

२.प्रायोजक तथा  प्रदर्शनकर्ताका  लागि  प्रदर्शनी कक्ष बिहान ९ बजे खुल्नेछ भने बेलुका ६ बजे बन्दहुनेछ । हरेक दिन  बिहान सम्पूर्ण कम्पनी  बाट कम्तीमा एक जना  कर्मचारी ९ बजे मूल ढोकामा  अनिवार्य उपस्थितहुनुपर्नेछ । बिहान ९ बजे  देखि साँझ ६  बजेसम्म सामानको जिम्मेवारी कम्पनी स्वयंकोहुनेछ ।अन्य समयमा   क्यान   महासंघबाट खटाइएका सुरक्षा गार्डले सुरक्षा  प्रदान   गर्नेछन्। साथै, सबै प्रदर्शनी  स्थल   सि.सि.टि.भि.– क्यामेराको निगरानीमा रहनेछ ।

३.मुख्य  प्रदर्शनी हल  भित्र  प्रदर्शनी  कक्ष राख्नुहुने  महानुभावहरुले स्टलको फेब्रिकेसन (स्टल डिजाइन) सहभागी  कम्पनी स्वयंले गर्नुपर्नेछ । प्रदर्शनीमा सहभागी  कम्पनीलाई माघ १३  गतेदेखि स्टल डिजाइनका  लागि   अनुमतिदिइनेछ भने प्रदर्शनीमा   ल्याउनु  पर्ने सामान  माघ १४  गते बेलुका   ७ बजे  सम्ममा  ल्याएर   आफ्नो स्टलमा राखि  सक्नुपर्नेछ ।  प्रदर्शनीको समुद्घाटन तथा  उच्च पदस्थ  व्यक्तिहरुको भ्रमण र प्रदर्शनी  व्यवस्थापनको विषयलाई मध्यनजर गर्दै प्रदर्शनीसुरु हुने दिनस्टलडिजाइन  सम्बन्धी  कुनै पनिकार्य  गर्न पाइने छैन ।

४. प्रायोजक  तथा  प्रदर्शनकर्ता हरुले कुनै पनि सामान  बिक्री गरेपछि कर विजकजारी गर्नुका साथै  क्यान  महासंघले  प्रदान गरेको गेटपास अनिवार्य रुपमा  क्रेतालाई दिनुपर्नेछ । अन्यथा सो सामान गेटबाट बाहिर लानदिइने छैन । उक्त  गेटपास प्रदर्शनी स्थलमा रहेको क्यान  महासंघको सचिवालयबाट प्राप्तहुनेछ ।

६.‘सुबिसु क्यान  इन्फोटेक २०१९ इन  एसोसिएसन  विथ  ईसेवा’मा   भएका सम्पूर्ण सामानको प्रभु इन्स्योरेन्सको तर्फबाट बिमा  गरिएकोछ । कृपया सामानको विवरण कार्यक्रम  सुरु  हुनु  भन्दा एकदिन  अगावै  प्रदर्शनी स्थलमा रहेको क्यान  महासंघ सचिवालयलाई  उपलब्ध गराइदिनुहुन अनुरोध   गरिन्छ ।

७. मुख्य  हल  भित्र  विभिन्न साइजमा रहेका  प्रदर्शनी  कक्षहरु A,B,C,D/E क्रमशः५००, ७००, ९००, १००० र २००० वाटका दरले १५  गते  बाट  मात्र  विद्युत प्रवाह  गरिनेछ ।  हल  बाहिर रहेका  प्रत्येक ३३ को प्रदर्शनी  कक्षलाई ३०० वाट विद्युत  व्यवस्था  गरिएको छ । विद्युतलोड हेरी उपकरणहरु सञ्चालनका  लागि अनुरोध छ ।

८. प्रत्येक  कम्पनीलाई एक्जिविटर पास दिइएको छ । जसले गर्दा आवतजावत  गर्न सहजहुनेछ भन्ने हामीले आशालिएका छौं । प्रत्येक पासमा  आफ्नो नाम र अटोसाइजको फोटो टाँसी सम्बन्धित  कम्पनीको छाप लगाई देखिने गरी लगाएर  मात्र  प्रवेश गर्नुहुन अनुरोध छ । पास नदेखिने वाफोटो नटाँसेको पाइएमा  स्यं सेवक   वा  सुरक्षा गार्डले प्रवेशमा रोक लगाउनेछन् र फोटो नभएको पास जफत  गरी  लिने  छन् । प्रदर्शनीमा  प्रवेश गर्ने र बाहिर जाने ढोका  अलग–अलग  गरिएकोछ । तर, यो नियम  प्रायोजक, एक्जिविटर, अफिसियलवा  कुनै पनि  प्रदर्शनीसँग सम्बन्धित ट्याग लगाएका  व्यक्तिलाई भने लागूहुने छैन ।

९. प्रत्येक ३३ स्टललाई एउटा टेबल र २ वटा कुर्सी व्यवस्था  गरिएको छ । यहाँहरुलाई स्टलमा दिइने  सामान  बाहेक बढी चाहिने टेबुल, कुर्सी रकार्पेट आदि सामानहरुका  लागि   ट्रसको छेउमा रहेको Events Carrier Pvt. Ltd को सम्पर्क कार्यालयबाट लाग्ने शुल्कतिरी सामानलिन सक्नुहुनेछ ।

१०. प्रदर्शनी स्थल  भित्र  कुनै किसिमको खाना, चिया, नास्ताखाई फोहोर  नगरिदिनु हुन अनुरोध  छ ।खाना,  चिया  नास्ताको लागि  बाहिर बगैंचामा  फुड कोर्टहरुको व्यवस्था  गरिएको छ ।

११. कुनै पनि  भित्तामा  पोस्टर, किला काँटी नटासि  दिनुहोला र आफ्नो स्टल वा क्षेत्र  भन्दा  बाहिर कुनै किसिमको प्रदर्शनीका सामान  वा  अन्य सामग्री नराखिदिनुहुन अनुरोध छ ।

१२. प्रदर्शनीमा  आयोजक संस्थाले प्रदान गरेको  एक्जिविसन  पास  तथा  भि आई पि इन्भिटेसन  लिएर  आउने व्यक्तिलाई निःशुल्क  प्रवेश र अन्यलाई टिकटको  व्यवस्था  गरिएको छ ।

१३.  प्रदर्शनी  अवलोकनका  लागि  सर्वसाधारणलाई प्रवेश शुल्क रु १००÷–   र विद्यार्थीलाई रु.५०÷– तोकिएको छ । प्रदर्शनीको तेस्रो दिन (२०७५ माघ १७  गते)  बिजनेस डे रहेको छ। बिजनेस डेको दिनको प्रवेश शुल्क रु. १००÷–   तोकिएको छ । प्रविधि मेलामा सामूहिक रुपमा  आउन  चाहने सरकारी विद्यालयमा   अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्रलिएर आएमानिःशुल्क  प्रवेशको व्यवस्था  गरिएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता  भएका  व्यक्तिलाई पनिनिः शुल्क   प्रवेशको सुविधा  दिइएको छ ।

१४  कुनै पनि  कम्पनीका  नयाँ  प्रोडक्ट ‘सुबिसु क्यान  इन्फोटेक २०१९ इन  एसोसिएसन  विथ ईसेवा’  बाट सुरु गर्दै हुनु हुन्छ भने क्यान  महासंघ सचिवालयमा  अग्रिमजानकारी गराइएमा  क्यान  महासंघको तर्फबाट विशेष व्यक्तित्व  मार्फत समारो  हकाबीचसुरुवात गराउने व्यवस्था  समेत मिलाइएको छ ।

१५. प्रायोजक  तथा  प्रदर्शनकर्ताहरुले Internet सेवाकालागि‘  सुबिसु क्यानइन्फोटेक २०१९ इन  एसोसिएसन  विथ ईसेवा’   Official ISP SUBISUCablenet Pvt. Ltd अग्रिमसम्पर्क राख्नुहोला ।

१६. एक्जिविटर   महानुभावहरुले आफ्नो स्टल  बाहेक अरु स्टल तथा  अवलोकनकर्तालाई असर पर्ने कुनै पनि  किसिमको क्रियाकलापनगर्न आग्रहगरिन्छ ।  साथै, हलभित्रकुनै पनि  प्रकारको माइक र स्पिकर निषेध गरेका छौं । निषेधित क्रियाकलाप गरेको  पाइएमा  हामी  बन्दगर्न बाध्य  हुनेछौं।

१७.प्रायोजक तथा  प्रदर्शनकर्ताहरुले  अन्य स्टलमा बाधापुग्ने गरी कुनै पनि गतिविधन  गर्न अनुरोध गर्दछौं।

अन्त्यमा, उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै विगत वर्षहरु झैं यस पटक पनि सहयोगको अपेक्षा राखेको छु ।

धन्यवाद !


Event Details


Bhrikutimandap, Kathmandu
From : 29th January, 2019
To : 3rd February, 2019
10:00-5:00


Other Events

Morang Subisu CAN Info tech 2018...
5th November, 2018 7th November, 2018

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds