Highlights

25TH AGM News

Card image

क्यान महासघंको २५ औ वार्षिक साधारणसभा आज मिति २०७५ पौष १४ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारण सभा माननिय संचार तथासुचना प्रबिधि मन्त्री गोकुलबांस्कोटाले उद्घघाटन गर्नु भयो । उद्घघाटन कार्यक्रममा बोल्नु हुदै उहाँले क्यान महासघंले संचार तथा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्नु हुदै अझ सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो ।

डिजिटल नेपालको लक्ष पुरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु सिर्जनाहुने गरेको उल्लेख गर्दै उहाँले विद्युतीय कारोबार सम्बन्धी ऐनहरुलाई सहजबनाउदै लगिने बताउनु भयो । अहिले मन्त्रीपरिषद् बैठक कम्युटरप्रणालीबाट संचालन गर्ने अवस्थामा आईसकेको भन्दै उहाँलेसरकारले डिजिटलनेपालको संकल्प पुरा गरेरै छाड्ने बताउनु भयो ।

सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने त्यसका लागि नीजी क्षेत्रसंगको सहकार्यलाईप्राथमिकता दिने उहाँलेबताउनु भयो ।

कार्यक्रममा उद्योगवाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलेसरकारले उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजनागरिदिनुपर्ने बताउनु भयो । उहाँलेलगानीको वातावरण सिर्जना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासलेफड्को मार्ने भनाई राख्नु भयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक मल्होत्राले हाल कम्प्युटर मनिटर र मोबाइल फोन आयत गर्दा धेरै समस्या रहेको र त्यसमा सरकारलाईछिटो भन्दा छिटो उचितसमाधानगरिदिन आग्रह गर्नु भयो |

कार्यक्रममासंचार तथासुचना प्रबिधि मन्त्रालयका सह-सचिब श्री वीरेन्द्र कुमार मिश्र, सुचना प्रविधि विभागका महानिर्देशक श्री लक्ष्मी प्रसाद यादव को पनी उपस्थिति रहेको थियो |

क्यान महासंघको अध्यक्ष श्री हेमन्त कुमार चौरसियाले सरकारले सहयोग गरे ७ सय ५३ वटैस्थानीय तहलाई प्रविधि मैत्री बनाउन क्यान महासंघले प्रबिधिक सहयोग गर्ने प्रतिबदता ब्यक्त गर्नु भयो ।


Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds